दफा ७क
गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने
(१) विदेशी मुलुकको (नागरिकता प्राप्त गरी दक्षिण
एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य
राष्ट्रबाहिकका देशमा बसोबास गरेको र साविकमा
वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा
आमा, बाजे वां बज्यै नेपालको नागरिक रही पछि
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले
आर्थिक, _सामाजिक तथा सांस्कृतिक अधिकारको
उपभोग: गर्न पाउने गरी गैर आवासीय नेपाली
नागरिकता प्राप्त गर्न सक्नेछ ।
(२)-उपदफा (१) बमोजिम गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न राखी तोकिएको अधिकारी समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछः-
(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण,
(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,
(ङ) नेपालको: संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र ।
(३) साविकमा : नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली: नागरिकताको लागि उपदफा (२) बमोजिम निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएपछि तोकिएको अधिकारीले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिनेछ ।
(५) उपदफा (४) बमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्नेछ ।
(६) यस दफा बमोजिम गैर आवासीय नेपाली नांगरिकता प्राप्त गरेको व्यक्तिले झुट्टो विवरण दिई त्यस्तो नागरिकता प्राप्त गरेमा वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल ८ सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्नेछ ।